पर्यटन सुचना केन्द्र को अवधारणा, महत्व र प्रयोग




कुनै पनि बिषय बस्तुको बारेमा आवस्यक जानकारी, विवरण,तथ्य वा तथ्याङ्क आदिलाई हामी सुचना वा जानकारी भन्ने गर्दछौं। यसरि हेर्दा पर्यटन सुचना केन्द्र भने पछि पर्यटनसंग सम्बन्धित यथेस्ट जानकारीहरु उपलब्ध गराउने यौटा केन्द्र को रुपमा बुझ्नुपर्दछ। जुनसुकै पर्यटकले आफु बसिरहेको स्थान छोडी  उसले चाहेको गन्तब्य सम्म पुगेर पुनः आफ्नो निबासस्थान सम्म आईपुग्दा आवस्यक पर्ने सम्पूर्ण सुचना तथा जानकारीहरु  प्राप्त गर्न सकोस भन्ने अभिप्रायका साथ् पर्यटन सुचना केन्द्र को अवधारणा अगाडी सारिएको पाईन्छ।  जसले गर्दा पर्यटकको यात्रा र यात्राको उदेश्य पुरा गर्न सहयोग हुने  गर्दछ। गन्तव्यहरूको स्पष्ट बस्तु स्थिति, विशेषताहरु, खाना, आबास, यातायात, मनोरन्जनात्मक गतिबिधि ,आपतकालीन उद्दार, स्वास्थ्य , सुरक्ष्या  लगायतका बारेमा पर्यटकलाई आवस्यक जानकारीहरु उपलब्ध गराउने र पर्यटकहरुको बिबिध  तथ्याङ्क राख्ने आदि उदेश्य पर्यटन सूचना केन्द्र ले लियको हुन्छ। यस्ता सुचनाहरु नक्सा , ब्रुसर , पम्प्लेट आदि छापा माध्यम , फोटो , भिडिओ , मोबाईल येप्स, वेबसाइड लिंक, ईमेल आदि बिध्युतीय माध्यम वा मौखिक माध्यम आदिबाट प्रदान गरिन्छ।   यदि  सुचना केन्द्रले आउने र जाने पर्यटकहरु को बिबिध तथ्यांकहरु स्पस्ट रुपमा राखेकोछ  भने उक्त तथ्याङ्कको आधारमा राज्य र ब्यबसायी ले  भाबि निती तथा कार्यक्रमहरु सफल रुपमा तय गर्न , कार्यन्वयन गर्न र उपलब्धिहरु हाँसिल  गर्न सहयोग पुग्दछ।  

नेपालमा गएका बर्षहरु लाई  मुल्यांकन गर्नेहो भने भाबि दिन हरुमा पर्यटन सुचना केन्द्रको आवस्यकता र महत्व बढेर जाने देखिन्छ। सामान्यतया नेपालमा यसको अभ्यास भईरहेको पनि पाइन्छ। नेपालमा सरकारी र गैरह्सरकारी तवरबाट विभिन्न स्थान मा पर्यटन सूचना केन्द्र हरु स्थापना भई संचालन मा आएको र कतिपय स्थान मा निर्माणाधीन रुपमा रहेको पनि पाइन्छ।  नेपाल पर्यटन बोर्ड ले देशका प्रमुख नाकाहरुमा सामान्य रुपमा यात्रु सहायता कक्ष्य संचालन गर्ने  देखि लियर प्रमुख पर्यटकीय गन्तव्यहरुमा  पर्यटन सूचना केन्द्रहरु पनि राखेको पाइञ्छ।  यसैगरी विभिन्न जिल्ला का उद्योग ब्यापार महासंघ हरुले स्थापना गरेका सुचना केन्द्र र स्वायत्त तरिकाले गैरसरकारी संस्थाको रुपमा दर्ता भएका पर्यटन सुचना केन्द्रहरु पनि संचालनमा आएको पाईन्छ।  हाल काठमाडौँ को ठमेल , चितवनको पटिहानी र रत्ननगर , सोलुखुम्बुको लुक्ला , म्याग्दीको सदरमुकाम बेनी , जनकपुरधाम उप महानगरपालिका , नवलपरासिको  कावासोती नगरपालिका , कैलाली र  सुर्खेत आदि स्थान हरुमा पर्यटन सुचना केन्द्रहरु स्थापना भई संचालनमा आएको पाईन्छ। यसैगरी सुर्खेत उपत्यका नगरविकास समितिद्वारा निर्माणाधीन बुलबुले मा पनि  गुरुयोजना अनुरुप सुविधायुक्त पर्यटन सुचना केन्द्र स्थापना गर्न लागेको पाईन्छ।   माथि  उल्लेखित र अन्य स्थानहरुमा स्थापित र संचालित पर्यटन सुचना केन्द्रहरुले सुचनाको संकलन , त्यसको प्रबाह र प्रभाबकरितामा भने ब्यापक सुधार गर्नुपर्ने देखिन्छ।  

बास्तबमा यो युग नै सुचना र प्रविधिको युग हो।  सुचना र प्रविधिको को समुचित प्रयोगले मानिसका क्रियाकलापलाई सहज बनाउने गर्दछ।  पर्यटन जगतमा पनि यसको भूमिका अहम हुने गर्दछ। सम्बन्धित गन्तव्यहरु को पर्याप्त सुचना र जानकारी को आधार मा नै पर्यटकले आफ्नो पर्यटन गतिविधिलाई अर्थपूर्ण बनाउन सक्दछन।  पर्यटन सूचना केन्द्र ले नै पर्यटकलाई उसले खोजेको , रोजेको गन्तव्यमा कसरी जाने ? यातायातका साधन कहाँ कसरि ब्यबस्था गर्ने ? कुन मौसम मा जाने ?  त्यहा कुन कुन कुराहरु अवलोकन गर्न पाइञ्छ ? के के मनोरन्जनात्मक गतिविधिहरु गर्न पाइन्छ ?  कहाँ खाने ? कहाँ बस्ने ? आपतकालीन स्वास्थ र सुरक्ष्या को प्रबन्ध कसरि गर्ने ? लगायत पर्यटकका आधारभुत र बिशेष आवस्यकता हरु  कहाँ कसरी पूर्ति गर्ने ?  आदि ईत्यादि बारेमा यथोचित जानकारी प्रदान गर्ने गर्दछ। यसरि हेर्दा जुनसुकै प्रकारका पर्यटक हरुका निम्ति पनि पर्यटन सुचना केन्द्र अतिआबस्यक र महत्वपुर्ण मानिन्छ।  खासगरी साहसिक पर्यटनका क्षेत्रहरु : पर्बतारोहन , पदयात्रा , राफ्तिंग , क्यानोनिङ्ग , पाराग्लाइदिङ्ग आदिमा पर्यटक हरुले सम्बन्धित गन्तब्य र क्रियाकलाप को बारेमा यथेस्ट जानकारी लिनै पर्ने हुन्छ।  त्यसैगरी बृद्द पर्यटक हरुले गर्ने तीर्थाटन , स्कुले बिधार्थी हरुले गर्ने शैक्ष्यिक पर्यटन आदिमा सम्बन्धित गन्तव्यहरु को बारेमा पर्याप्त मात्रा मा पूर्व जानकारी हुनु अनिवार्य हुन्छ। जसले गर्दा यात्राको उदेश्य पुरा हुनुका साथै हुन सक्ने सम्भाबित जोखिम न्यूनीकरण र समाधान का लागि सहयोग गर्ने गर्दछ।  समग्रमा सबै प्रकारका पर्यटकहरुका निम्ति सम्बन्धित सबै प्रकार का गन्तव्यहरुमा पर्यटन सुचना केन्द्र अत्यावश्यक र महत्वपुर्ण मानिन्छ। देश का सम्पूर्ण प्रमुख सीमा नाका हरु , अन्तरास्ट्रिय र क्ष्येत्रिय बिमान स्थलहरु , प्रमुख सहरी बसपार्कहरु , प्रमुख पर्यटन गन्तव्यका मुख्य द्वारहरु आदि सबै स्थान हरुमा  सुविधायुक्त पर्यटन सुचना केन्द्रहरु संचालन गर्नु जरुरि देखिन्छ।  

यौटा प्रभाबकारी पर्यटन सुचना केन्द्र संचालन गर्नका निम्ति १) स्थान : पर्यटक - पहुँच युक्त , २) भबन : सुभिधायुक्त , ३) कर्मचारी : शिष्टाचार युक्त र ४)  सुचना : सत्य तथ्य युक्त र ५) सूचना प्रबाह : रचनात्मक र श्रिजनात्मक हुनुपर्दछ। सूचना केन्द्र ले  सम्बन्धित गन्तव्यका सेवा प्रदायकहरू : यातायात , होटेल , मेडिकल , सुरक्ष्या निकाय, स्थानिय पर्यटन स्वयंसेवक व्यक्ति / संस्था आदिका का बिचमा निरन्तर नेटवर्क बनायर पर्यटक र सेवा प्रदायकका बिचमा  सहजीकरण गरिदिदा सुनमा सुगन्ध जस्तो हुन्छ। यसले गर्दा सुचना केन्द्र र पर्यटक का  बिचमा भावनात्मक सम्बन्ध स्थापित हुनुका साथै सम्बन्धित गन्तब्य प्रति आकर्षण बढेर जान्छ , साथै सेवाप्रदायक र पर्यटक का बिचको  भावनात्मक ब्यबहारमा ब्रिद्दि हुने गर्दछ।  यस किसिमको कार्यले सम्बन्धित गन्तव्यको संदेश बाहिरि जगतमा राम्रो संग जाने र बाह्य पर्यटक भित्राउन मद्दत पुग्ने गर्दछ। 



Comments

Popular posts from this blog

Surkhet : A New Touristictic Destination of Mid West Nepal

Stay Safe, Healthy and Cool

YAD: A Movement for Development