पर्यटन : एक नजर
सामान्यतया दैनिक गरिने क्रियाकलाप बाट बाहिर निस्किएर भौतिक र मानसिक चिज बस्तु प्राप्त गर्ने / उपभोग गर्ने / आनन्द लिने क्रियाकलाप नै पर्यटन हो। पर्यटन शब्द संस्कृत भाषा बाट उदगम भएको क्रियाबाची शब्द हो , जसलाई आदिकालमा बसिरहेको स्थान छोडेर ज्ञानं वा बस्तुबिशेस को खोजीमा यात्रा गर्नु भन्ने अर्थमा प्रयोग गरिएको पाईन्छ। त्यसैगरी संस्कृतमा तीर्थाटन , देशाटन जस्ता शब्द हरु पनि प्रचलित छन् जसले क्रमश धार्मिक र व्यापारिक कार्यका लागि बसिरहेको स्थान बाट गन्तब्य सम्म जानु लाई बुझाउदछ। पर्यटन क्रिया तीन वटा पक्ष हरुको योगबाट मात्र पुरा हुन्छ : व्यक्ति , गन्तब्य र क्रियाकलाप। यसर्थ कुनैपनि व्यक्तिले आफु बसिरहेको स्थान बाट आफुले इछ्याएको गन्तव्यमा पुगी इछ्याएको क्रियाकलाप गरि फर्कनुलाई पर्यटन भनिन्छ। यसरी यौटा सिंगो पर्यटन क्रिया सम्पन्न हुनका लागि तीन वटा सहाएक क्रिया हरु पुरा गर्नुपर्दछ ती हुन् : प्रवेश , क्रियाकलाप र बहिर्गमन ( फ़र्किआउनु / जानु )
पर्यटन मा गन्तव्यलाई बिशेस मानिछ , जहाँ मानिसले इच्छाएको गन्तब्य को सापेक्ष्य क्रियालाप गरेर आउदछ। पर्यटन गन्तब्य प्राकृतिक र मानब निर्मित गरि दुई प्रकारको हुन्छन। प्राकृतिक गन्तब्य अन्तर्गत हिमाल , नदि , ताल , झरना , समुन्द्र आदि पर्दछन भने मानब निर्मित अन्तर्गत सहर - बजार , मन्दिर , पार्क , सिनेमा हल आदि पर्दछन। त्यसैगरी गन्तब्य संग जोडिएको आर्को महत्वपुर्ण पक्ष्य भनेको पहुच र साधन पनि हो। गन्तब्य सम्म पुग्नका लागि बाटो र सवारी साधन अपरिहार्य शर्त हुन , जस्तै : हवाई जहाज , पानी जहाज र जमिन मा चल्ने मोटर गाडी , घोडा , हात्ती आदि। गन्तब्य सम्म पुग्ने मार्गको स्तर र सुलभ साधनको उपलब्धता ले पनि पर्यटन उद्योगको आकार निर्धारण गर्दछ। पर्यटन गन्तव्यमा खाने, बस्ने र मनोरन्जनात्मक गतिबिधिका लागि सुबिधा युक्त ब्यबस्था साथै आपतकालीन उपचार र उद्दार को प्राबधान अनिवार्य हुन्छा
अहिलेको आधुनिक युगमा पर्यटन यौटा बिशाल उद्योग को रुपमा स्थापित भईसकेको छ। बढ्दो जनसंख्या, ब्यस्त जीवनशैली र मानिसका असिमित इछ्या आकान्क्ष्या का कारण यो उद्योगले ठुलो रुप लिदै गईरहेको पाइञ्छ। पर्यटन कुनैपनि समाज वा राष्ट्र को समृद्दिका निम्ति सहयोगी उद्योगको रुपमा स्थापित भएको पाइञ्छ। पर्यटन उद्योगको सफलता सम्बन्धित रास्ट्रको पर्यटकीय गन्तब्य को आकर्षण र त्यहा अबलम्बन गरिएको पर्यटन सम्बन्धि नीति नियम मा निर्भर रहने गर्दछ। मुख्यतया पर्यटन गन्तब्य को आकर्षणले नै पर्यटक को संख्या निर्धारण गर्दछ। अहिलेको युगमा गन्तब्य हरुलाई आकर्षक बनाउन र पर्यटकलाई अधिक सुबिधा र मनोरंजन प्राप्त होस् भन्ने उदेश्य ले राज्य र ब्याबसायी हरुले गन्तब्य हरुलाई शृंगार , बिकाश गर्ने र ब्याबसायिक गतिविधिहरु संचालन गर्ने गर्दछन। यसले स्थानिय उत्पादनहरु को खपत हुने र रोजगारिहरु सिर्जना हुनेहुदा सम्बन्धित स्थान हरुमा आर्थिक बिकाश राम्रो भएर जाने गर्दछ।
नेपालमा पर्यटन उद्योग सफल हुने आधार हरु प्रसश्त छन्। किनभने हामीकहा प्रसश्त प्राकृतिक , धार्मिक र सांस्कृतिक सम्पदा हरु छन्। तर यौटा अनिवार्य शर्त के छ भने हाम्रो सकारले ती गन्तब्य हरुको विकास गर्नका निम्ति दिगो बिकासको अवधारणा अनुरुप फराकिला नीति नियमहरु बनाई कार्यान्वयन गर्नुपर्दछ। नेपालका नदि , हिमाल , ताल , झरना , पबित्र धार्मिक स्थल र सांस्कृतिक सम्पदाहरु विश्व मै अद्दितिय छन्। नेपालको साहसिक पद यात्रा , जल यात्रा , प्यराग्लाईदिङ्ग जस्ता साहसिक खेलहरु , पशुपतिनाथ , मुक्तिनाथ , लुम्बिनी , जनकपुर धाम जस्ता धार्मिक स्थलहरु, रारा , फोक्शुँदो जस्ता हिमालको काखमा रहेका ताल हरु विश्वमा सुप्रसिद्द छन्। आकारमा सानो भएर पनि भौगोलिक , जैविक, भाषिक, धार्मिक, सांस्कृतिक बिबिधता नेपालको मुख्य बिशेषता हो।
कर्णाली प्रदेशमा आउँदा यो आँफैमा बिबिध बिशेसताहरुले भरिपुर्ण छ। कर्णाली र भेरी नदि , रारा, फोक्शुँदो , कुभिन्डे लगायतका तालहरु , कान्जिरोवा , सिस्ने आदि हिमाल, हुम्ला , डोल्पा , जुम्ला र दैलेखमा रहेका प्राचिन , एतिहासिक, धार्मिक सम्पदाहरु साथै प्रदेश भरि फैलिएर रहेका बिबिध संस्कृति , भाषा , भेष भुषा अन्यत्र भन्दा भिन्न र बिशेष छन। यस प्रदेशमा मुख्य गरेर साहसिक पर्यटन ,ग्रामिण पर्यटन र धार्मिक पर्यटन को अवधारणा अनुरुप यहाँ को मौलिक मोडेल मा पर्यटन को बिकाश गर्न सकिन्छा। यो प्रदेश पर्यटन उद्योग का लागि उर्बर भुमि बन्न सक्छ त्यसका लागि सरकारी र निजि क्षेत्रले सहकार्य गरि कार्य थालनी गर्नुपर्ने देखिन्छा।
धन्यबाद !!
Comments
Post a Comment