पर्यटन सुचना केन्द्र को अवधारणा, महत्व र प्रयोग

कुनै पनि बिषय बस्तुको बारेमा आवस्यक जानकारी, विवरण,तथ्य वा तथ्याङ्क आदिलाई हामी सुचना वा जानकारी भन्ने गर्दछौं। यसरि हेर्दा पर्यटन सुचना केन्द्र भने पछि पर्यटनसंग सम्बन्धित यथेस्ट जानकारीहरु उपलब्ध गराउने यौटा केन्द्र को रुपमा बुझ्नुपर्दछ। जुनसुकै पर्यटकले आफु बसिरहेको स्थान छोडी उसले चाहेको गन्तब्य सम्म पुगेर पुनः आफ्नो निबासस्थान सम्म आईपुग्दा आवस्यक पर्ने सम्पूर्ण सुचना तथा जानकारीहरु प्राप्त गर्न सकोस भन्ने अभिप्रायका साथ् पर्यटन सुचना केन्द्र को अवधारणा अगाडी सारिएको पाईन्छ। जसले गर्दा पर्यटकको यात्रा र यात्राको उदेश्य पुरा गर्न सहयोग हुने गर्दछ। गन्तव्यहरूको स्पष्ट बस्तु स्थिति, विशेषताहरु, खाना, आबास, यातायात, मनोरन्जनात्मक गतिबिधि ,आपतकालीन उद्दार, स्वास्थ्य , सुरक्ष्या लगायतका बारेमा पर्यटकलाई आवस्यक जानकारीहरु उपलब्ध गराउने र पर्यटकहरुको बिबिध तथ्याङ्क राख्ने आदि उदेश्य पर्यटन सूचना केन्द्र ले लियको हुन्छ। यस्ता सुचनाहरु नक्सा , ब्रुसर , पम्प्लेट आदि छापा माध्यम , फोटो , भिडिओ , मोबाईल येप्स, वेबसाइड लिंक, ईमेल आदि बिध्युतीय माध्...