Art & Literature

( कबिता ) नदेखेको नसुनेको

हर बिहानी त्यो क्षितिज पारीबाट सुर्य को लाली गा.....ढा हुदै गर्दा ,
धर्तिको बगैचामा रात भ....रि शीतको थोपाले कक्रक्क परेको फुलको थुङ्गा फक्रक्क फुलेको देख्छु।
घामले फूलसंग तिमीलाई धे.....रै प्रेम गर्छु भनेको सुनेको छैन।
फूलले मक्ख पर्दै तिमि अलग , म अलग, घमण्ड गरेको देखेको छैन।
हरदिन बगैंचाका फुलहरुसंग खेल्दै , बहदै गरेको मधुर हावालाई हेर्दै गर्दा ,
चारैतिर मग .... मग .... सुबास फैलिएको देख्छु ।
फूलले अहंकार गरि बासना म संगै मात्र राख्छु भनेको सुनेको छैन।
हावाले छानी - रोजी पक्षपातमा मिट्ठो सुबास फैलाएको देखेको छैन।
पुर्णिमाको हर रातमा, जुनलाई छुन सागरले लहर उछालिरहदै गर्दा ,
लहर संगै आफुले आफैलाई भुलेर लहरिदै फुरुङ्ग रमाएकी माछिलाई देख्छु।
सागरले सागर नै रित्तो बनाई जुनमा पुग्ने लालच बोकेको देखेको छैन।
माछिले सागरको लहरै लहरको पीर मानि गुनाशो पोखेको देखेको छैन।
धर्तिको काख बाट हरपल हरक्षण झरझर झरना झरिरहदै गर्दा ,
बायुमै बिलाईरहेका पानीका सा.....ना कण हरुलाई देख्छु।
तडपदै पानी ले गन्तब्य कहाँ ? चिच्याएको सुनेको छैन।
दिई मात्र रहदा काख रित्तिन्छ कि ? धर्ति डराएकी देखेको छैन।
नि.....लो आकाश मुनि चिरीबिरी बथान बेग मारी उडीरहदै गर्दा ,
तल घाँसे मैदानमा उफ्रिरहेका लालाबाला मृग आदि देख्छु।
कल कल बगिरहने नदीले एक्कै क्षण बिश्राम गरेको देखेको छैन।
प्रकृतिले फूल हरुमा रङ्ग भर्न भुलेको देखेको छैन।।
समुन्द्र गौतम
२०७७ / ०२ / ०९
बिरेन्द्रनगर

Comments

Popular posts from this blog

Me And My Work Area

पर्यटन सुचना केन्द्र को अवधारणा, महत्व र प्रयोग

Rara Treak : Photo Feature